आगलागी हुँदा पोखरामा रेष्टुरेण्ट जल्यो

पोखरा, मंसिर १५ ।
पोखरा १८ सेदीमा आगलागी हुँदा रेष्टुरेण्ट जलेको छ । स्थानीय बेनु मगरले सञ्चालन गरेको भेजु रेष्टुरेण्टमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।