प्रमुख समाचार


गण्डकी प्रदेशः बाढी पीडितलाई शोक, जनप्रतिनिधिलाई सेवा र सुविधा १० श्रावण २०७६, शुक्रबार ०२:३०

पोखरा, साउन १० । देशभर अहिले बाढी र पहिरो चलेको छ । लमजुङमा बुधबार बाढीले बगाएर ४ जनाको मृत्यु भयो भने ६ जना अझै बेपत्ता छन् । ११ वटै जिल्लामा बाढीको वितण्डा छ । सबैतिर धनजनको क्षति भैरहेको छ । सरकारले उनीहरुको पीडामा मलमपट्टी लगाउने गरी कुनै राहात..

पुरा पढ्नुहोस् »

पोखराको मोहोरिया टोलमा भासियो सडक ९ श्रावण २०७६, बिहीबार १४:००

पोखरा, साउन ९ । पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए..

पुरा पढ्नुहोस् »

पोखराको पाताले छाँगोमा खसेका किशोरको चार दिनपछि उद्धार ९ श्रावण २०७६, बिहीबार १३:५३

पोखरा, साउन ९ । पोखराको डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि उद्धार गरिएको छ । ४ दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए । खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण..

पुरा पढ्नुहोस् »

सुविधामुखी गण्डकी सरकार, मेयर र उपमेयरले पनि स्वकीय सचिव राख्न पाउने ९ श्रावण २०७६, बिहीबार ११:३०

पोखरा, साउन ९ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो । स्थानीय तहका..

पुरा पढ्नुहोस् »

गोरखाको ओढारमा भेटियो १६ किलो सुन ९ श्रावण २०७६, बिहीबार ०९:१२

पोखरा, साउन ९ । गोरखामा अवैध रुपमा लुकाई राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका ३ खोर्लाबेशी स्थित ओढारमा लुकाएर राखेको १६ विस्कुट सुन बरामद गरिएको हो । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा..

पुरा पढ्नुहोस् »

तिलिचोभन्दा अग्लो ठाउँमा नयाँ ताल भेटियाे ९ श्रावण २०७६, बिहीबार ०३:३०

नवीन लामिछाने मनाङ, साउन ९ । मनाङको तिलिचो ताल विश्वमै सबैभन्दा अग्लो स्थानमा छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । अहिले त्यो भन्दा अग्लो ठाउँमा अर्को ताल भेटिएको छ । केजिन सारा लेक नाम..

पुरा पढ्नुहोस् »

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना ९ श्रावण २०७६, बिहीबार ०३:१७

एजेन्सी, साउन ९ । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको..

पुरा पढ्नुहोस् »

पोखरामा बसमा छुटेको २ लाख धनीलाई फिर्ता गरियो ९ श्रावण २०७६, बिहीबार ०२:४७

पोखरा, साउन ९ । बसमा छुटेको २ लाख नगद सहितको झोला सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । पोखराको बागलुङ बसपार्कदेखि बागमारातर्फ गैरहेको ना ६ ख ८४१२ नम्बरको बसमा नगद २ लाख सहितको झोला छुटेको थियो । झोलाका धनीले प्रहरीलाई खवर गरेपछि प्रहरीले चेकजाँच..

पुरा पढ्नुहोस् »

१ सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन ९ श्रावण २०७६, बिहीबार ०२:२४

काठमाण्डौं, साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले सार्वजनिक पद धारण गरेका विभिन्न एक सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन भइरहेको बताएका छन् । दैनिक र अनलाइन पत्रिकाका सम्पादकहरूसँग आयोगले बुधवार आफ्नै..

पुरा पढ्नुहोस् »

लमजुङको दोर्दिखोलामा बाढी–३ जनाको मृत्यु, ११ जना बेपत्ता ८ श्रावण २०७६, बुधबार १३:४८

लमजुङ, साउन ८ । लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाका कामदार र स्थानीयलाई बगाएको हो । दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी..

पुरा पढ्नुहोस् »