पोखराको मोहोरिया टोलमा भासियो सडक

पोखरा, साउन ९ ।
पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको स्थानीयले बताएका छन् । भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको थियो ।

डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए । यस अगाडी पोखराको चिप्लेढुङगाकामा जेठ ३२ गते सडक भासिएको थियो । खानेपानीकै पाईप फुटेर चिप्लेढुंगाको सडक भासिएको हो । पछिल्लो समय खानेपानी पाईपका कारण धेरै ठाउँमा पानी लिग भएर जमिन भासिएको छ ।