१४ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षे बृद्ध पक्राउ

बाँके, असोज १६ ।
बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका(१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपालिका १८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।