स्कुल बनाउन काँग्रेस सांसद दवाडीको सवा लाख सहयोग
गोरखा, फागुन २१ ।
गोरखाको सिरानचोक गाउँपालिका ६ को कृष्णज्योती माविमा भएको श्रीमद्धभागवत महापुराणमा गोरखा निर्वाचन क्षेत्र २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले १ लाख ११ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् । कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति र विद्यालयको आयोजनामा महापुराण आयोजना गरिएको हो । महापुराणमा उषा घिमिरेले भागवत वाचन गर्ने्छिन् ।
महापुराण शुरु हुनुअघि विद्यालयबाट दरौंदी शिवालयसम्म बाजागाजा सहित कलश यात्रा भएको थियो । पुराणबाट संकलन रकम विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तरमा लगानी गरिने बताईएको छ ।
यसैबीच, उनले शिवरात्रीको अवसरमा शिवमन्दिर निर्माणका लागि पनि आर्थिक सहयोग गरेका छन् । सिरान्चोक गाउँ पालिका ७ अर्कुलमा निर्माणाधीन शिवमन्दिर निर्माण सम्पन्न गर्न सोमबार २५ हजार पाँचसय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।
मन्दिर निर्माणको काम गरेको स्थानीय शिवशक्ति महिला समूहकी अध्यक्ष दिल कुमारी भट्टराई सो रकम हस्तान्तरण गरिएको स्थानीय प्रकाश अधिकारीले जानकारी दिए । साथै सोही अवसरमा गोविन्द दवाडीले पनि सो मन्दिर निर्माणका लागि ५ हजार ६ सय रुपैयाँ प्रदान गरेका अधिकारीले जानकारी दिए ।