स्कुटरको ठक्करले १ जनाको मृत्यु

पोखरा, असोज १ ।
लमजुङमा स्कुटरको ठक्करले एकजनाको मृत्यु भएको छ । बेशीसहर नगरपालिका १ उदीपुरमा ग १३ प ९००३ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा ५२ बर्षियाा लक्ष्मी तामाङको मृत्यु भएको हो ।

उनको जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।