सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेपछि सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ
काठमाडौं, साउन १५ ।
नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ ।
गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको हो ।
एक अधिकारीका अनुसार नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको छ ।
वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको थियो । (अनलाइनखबरबाट साभार)