सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा

 

कञ्चनपुर, फागुन १२ ।

कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् ।

बिहीबार महाकाली नगरपालिका कार्यालयमा स्थानीय आन्दोलनकारीले तोडफोड गरी कार्यालय सहयोगी शिवराज भट्टलाई कुटपिट गरेको भन्दै सुरक्षाको लागि नगरपालिकका कर्मचारी पनि आन्दोलित भएका हुन् ।

उनीहरुले बाहिरी विषयलाई लिएर आन्दोलनका नाममा नगरपालिका कार्यालयमा तोडफोड गर्ने्विरुद्ध आन्दोलित बनेका हुन् ।

नगरपालिका कार्यालय र कर्मचारीको सुरक्षाको माग गर्दै कर्मचारीहरुले अनिश्चितकालिन धर्ना कार्यक्रम र पेनडाउन सुरु गरेको नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्टले बताए ।

१० वटै वडासहित नगरपालिकामा कार्यरत ४० जना कर्मचारी धर्नामा बसेपछि नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको छ ।

झण्डै एक महिनाअघि, महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापाले घर नजिक झुण्डिएर आत्महत्या गरेपछि मृतकका मामाले सौतेनी आमा सुशीला विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेकी थापा गत बिहिबार अदालतबाट २५ हजार धरौटीमा छुटेपछि स्थानीय आन्दोलित भएका थिए ।
(ईमेजखबरबाट साभार)