संगम युथ सोसाइटीमा बराल
पोखरा, भदौ ८ ।
पोखरा महानगरपालिका वडा नं. १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले प्रथम युवा भेलाको आयोजना गर्दै सञ्जय बरालको संयोजकत्वमा ७ सदस्यीय संगम युथ सोसाइटी गठन गरेको छ ।
सोसाइटीका सदस्यहरुमा अपार कृष्ण बानिया, किरण कुँवर, नविन पौडेल, सेलिना थापा, आशा थापा र विजय क्षेत्री रहेका छन् ।
उक्त भेलामा बोल्दै सहकारीका अध्यक्ष निरज थापाले युवाहरुलाई समेत साथमा राखेर संगम रुपी गाडीलाई अगाडि बढाउँदा बाटो फराकिलो हुँदै जाने र सही गन्तव्यमा पुग्न सहज हुने बताए । ‘म र मेरो साथी संगममा सँगसँगै’ भन्ने नारालाई मनन गर्न सबैलाई अनुरोध गर्दै उनले सहकारीलाई युवाहरुको माझमा पु¥याउन युथ सोसाइटीको महत्वपूर्ण भूमिका हुने बताए ।
सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले सहकारी हिड्नुपर्ने सही बाटोमा संगम एक कदम अगाडि भएको थाहा पाउँदा खुसी लागेको बताए ।
शिक्षा उपसमिति संयोजक तिलक थापाले युवाहरुले आफूसँग भएको दुईवटा कान र दुईवटा आँखाको बढी उपयोग गर्न सके एउटा मुखको पनि सदुपयोग हुने र त्यसले व्यक्तित्व विकासमा सघाउ पु¥याउने बताए ।
शान्तरत्न गुभाजुको अध्यक्षता र राजेन्द्र गिरीको संचालनमा भएको कार्यक्रममा बरिष्ठ व्यवस्थापक अपिल कोइराला र रोयल सहकारीका युवा संयोजक मिरज ढकालले सहकारीमा युवाको भूमिका विषयमा प्रस्तुती राखेका थिए ।