शिव चौतारी म्याग्दी पोखरा समाजको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः जयलाल पुन

 

पोखरा, भदौ १६ ।

शिव चौतारी म्याग्दी पोखरा समाजको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन एवं चेलीवेटी भेटघाट, दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद पियारी थापा मगरले सम्पूर्ण मगर जातिहरु एक भएर देश निर्माणमा अगाडि बढ्न आग्रह गर्दै समाजले गरेका उत्कृष्ट कार्यको प्रसंसा गरिन् ।

अधिवेशनले पुनः जयलाल पुनको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा तम बहादुर रोका, इन्द्रा देवी पुन, सचिवमा प्रेम घले रहनुभएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सुर्य बास्तोलाले दिए ।

कार्यक्रममा समाजका सदस्य १०० वर्षीय विष्णु मति पुन, संस्थापक सदस्य सेते चोमराङ पुन, आर्थिक सहयोगदाताहरु टेक बहादुर रोका र दिल बहादुर चोयाङ पुनलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रा देवी पुन र कार्यक्रमको संचालन सचिव प्रेम घलेले गरेका थिए ।