शितलहरले कञ्चनपुरको जनजीवन प्रभावित, बालबालिका र वृद्धवृद्धालाई जोगाउनै मुश्किल

 

कञ्चनपुर, पुस १३ ।

गत सातादेखि बढेको चिसोसँगैको शितलहरका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण कञ्चनपुरसँगै तराईको जनजीवन प्रभावित भएको हो । चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा मर्कामा परेका छन् ।

जल तथा मौसम विज्ञानको फिल्ड कार्यालय अत्तरियाका अनुसार यो वर्ष सबैभन्दा कम न्यूनतम तापक्रम २ दशमलव ८ मा पुगेको छ ।

सन् २०१३ मा पहिलो पटक शून्य दशमलव ५ डिग्रीसेल्सियसमा झरेको यहाँको तापक्रम ६ वर्षपछि २ डिग्री सेल्सीयसमा झरेको कार्यालयले जनाएको छ ।

यता, चिसोबाट बच्न बेदकोट नगरपालिका र लालझाँडी गाउँपालिकाले आगो ताप्न दाउरा वितरण गरेका छन् भने भीमदत्त र बेलौरी नगरपालिकालमा जेष्ठ नागरिकहरुका लागि न्यानो लुगा वितरण गरिएको छ ।
(ईमेजखबरबाट साभार)