वृद्धवृद्धाको आर्शीवाद थाप्दै कोइराला

पोखरा, मंसिर ६ ।
घरदैलोमा निस्किएका बम गठबन्धनका साझा उमेदवार दीपक कोइरालालाई वृद्धवृद्धाले जितेर आउन आशीर्वाद दिएका छन् । नेता तथा कार्यकर्ताका साथ मंगलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१, लामास्वारा पुगेका कास्की क्षेत्र नं १ प्रदेश सभा कका उमेदवार कोइरालालाई त्यस क्षेत्रका वृद्धवृद्धाले जितेर देश र जनाताको सेवा गर्न आग्रह गरे ।
वृद्धवृद्धा भत्ता दिने सुरुवात कम्युनिष्ट सरकाले नै गरेकाले जीवनको अन्तिम घडिमा भए पनि कम्युनिस्ट सरकार हेरेर मर्ने धोको रहेका ७३ वर्षीय इन्द्रकाला त्रिपाठीले सुनाइन् ।