विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण

 

पोखरा, कार्तिक २० ।

विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कास्की र लमजुङको सिमाना रुदीखोलामा रुदी ए र बी जलविद्युत आयोजना निर्माण गरेको उक्त कम्पनीले आफ्ना प्रभावित क्षेत्रका स्थानीयका लागि एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । लमजुङको क्होलासोंथर गाउँपालिका ५, ६ र ७ र कास्कीको मादी गाउँपालिका ८ र ९ वडाका नागरिकको सेवाका लागि सोमबार क्वहोलासोंथर ६ पसगाउँमा एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका प्रमुख कृष्ण आचार्यले एम्बुलेन्स सञ्चालन उपसमितिलाई एम्बुलेन्स हस्तान्तरण गर्दै प्रभावित क्षेत्रको नागरिकको सहज स्वास्थ्य सेवाका लागि एम्बुलेन्स प्रदान गरिएको बताए ।

एम्बुलेन्स सञ्चालन उपसमितिका अध्यक्ष ओमप्रकाश गुरुङका अनुसार एम्बुलेन्स सहरबजारमा नभई ग्रामीण भेगमा राखिएको छ । सबै नागरिकलाई सहज सेवाका लागि पायक पर्ने मादी ८ रबैडाँडामा एम्बुलेन्स राखिएको छ । प्रति किलोमिटर १ सय २० रुपियाँ भाडादर कायम गरिएको उनले बताए ।

उपसमितिका सचिव एवं क्होलासोंथर गाउँपालिका ७ तल्लो चरागाउँका खिमबहादुर गुरुङका अनुसार विरामी भएको बेला ठूलो गाडी, जिप, रिजर्भ गरेर लानुपथ्र्यो र भनेको बेलामा गाडिमा पाइदैनथ्यो । यसअघि निजी तथा सार्वजनिक सवारीमा १२÷१५ हजार रुपियाँ खर्च गरेर अस्पताल लानुपर्ने बाध्यता रहेकोमा एम्बुलेन्सले साँढे ७ हजार रुपियाँमा पोखरासम्म सेवा दिने उनले बताए ।

कार्यक्रममा विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडेका उपाध्यक्ष डीलसुन्दर श्रेष्ठ, क्व्होलासोंथर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, नेकपा क्व्होलासोंथर गाउँ कमिटीका अध्यक्ष सूर्यबहादुर गुरुङ, क्होलासोंथर गाउँपालिका ७ का अध्यक्ष डीलकुमारी गुरुङ, ५ का अध्यक्ष गितबहादुर गुरुङ, मादी गाउँपालिका ८ का अध्यक्ष यमबहादुर गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, पोखरा उद्योग वाणिज्य संघ कार्य समितिका सदस्य एवं गोर्जे पोखरा सम्पर्क समाजका अध्यक्ष रामेश्वर अधिकारी, नेपाली कांग्रेस पसगाउँ वडा समितिका सभापति पदमबहादुर गुरुङ, पसगाउँ तमु समाज पोखराका अध्यक्ष रामबहादुर गुरुङलगायतले एम्बुलेन्सलाई प्रभावकारी र सहज रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाले एम्बुलेन्स सञ्चालनका लागि आर्थिक सहयोग गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङले ५० हजार रुपियाँ, एक्याप संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँले २५ हजार, क्व्होलासोंथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले १५ हजार रुपियाँ, पसगाउँ कृष्ण चरित्र समूहले १५ हजार, शान्तिदिप आमा समूह पसगाउँले १० हजार, समूहकी अध्यक्ष युगदेवी गुरुले ५ हजार ५ सय ५५, पसगाउँका गमप्रसाद गुरुङले ५ हजार १ सय सहयोग गरेका छन् । त्यस्तै बुद्धम शरणम आमा समूह तल्लो चरागाउँले ५ हजार ५ सय ५५, तल्लो चरागाउँका नौरास गुरुङले १ हजार ५० रुपियाँ सहयोग गरेका छन् ।

यसैगरि रुदीखोला एम्बुलेन्स सञ्चालन उपसमितिका अध्यक्ष मादी गाउँपालिका ८ का ओमप्रकाश गुरुङ, उपसमितिका सचिव एवं कव्होलासोंथर ७ का खिमबहादुर गुरुङ आजीवन सदस्य बनी ५ हजार रुपियाँ सहयोग गरेका छन् । मादी गाउँपालिका ९ का कृष्णप्रसाद अधिकारी, सरिता गुरुङ, मादी ८ का बिनकुमारी गुरुङ, पुसगाउँका सूर्य गुरुङ, पसगाउँका डीलबहादुर गुरुङले आजीवन सदस्य बनी ५ हजार सहयोग गरेका छन् भने पसगाउँका तमरप्रसाद गुरुङले ५ हजार १०० रुपियाँ सहयोग प्रदान गरेका छन् । यस्तै साधारण सदस्य बनी मादी गाउँपालिका ८ का महेन्द्र शाही, सोमप्रसाद गुरुङ, क्व्होलासोंथर गाउँपालिका ५ का हुकुमबहादुर गुरुङ, क्व्होलासोंथर ७ का सूर्य गुरुङ, ६ का दिपु गुरुङलगायतले ५०० रुपियाँ सहयोग गरेका छन् ।

कार्यक्रममा विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कृष्ण आचार्य, उपाध्यक्ष डिलसुन्दर श्रेष्ठ, पसगाउँ स्वास्थ्यचौकीका इन्चार्ज धर्मराज चौलागाईलाइ सम्मान समेत गरिएको थियो ।

कम्पनीले एम्बुलेन्ससंगै १ लाख ५० हजार रुपियाँ समेत एम्बुलेन्स सञ्चालनका लागि प्रदान गरेको छ ।

रुदीखोला एम्बुलेन्स सञ्चालन उपसमितिका अध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा कार्यक्रममा क्होलासोंगथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन एम्बुलेन्स सञ्चालन उपसमितिका सचिव खिमबहादुर गुरुङले गरेका थिए ।