वर्षाले मनाङ जाने सडक अवरुद्ध

पोखरा, असार ३ ।
मनसुनको सुरुमै परेको वर्षाले मनाङ जाने सडक अवरुद्ध भएको छ । शनिबारको वर्षाले डुम्रे बेंसीशहर चामे सडक अवरुद्ध भएको हो ।

लमजुङको बेंसीशहर नगरपालिका ९ खरखरेमा पहिरोले बाटो अवरुद्ध भएको हो । उक्त बाटो अहिले खुलिसकेको बताइएको छ । अवरुद्ध बाटो खुलाउन विभिन्न ठाउँमा एक्साभेटर खटाइएको छ ।