लोकसेवाका परीक्षा स्थगित

 

काठमाडौं, चैत ६ ।

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरिएको छ ।

आयोगद्वारा सन्चालन हुने पूर्वनिर्धारित् परीक्षा तत्कालका लागि स्थगित गरिएको हो ।

यही चैत ८ गते शनिबारदेखि चैत मसान्तसम्मका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

‘कोभिड–१९’ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आयोगको बिहीबारको निर्णयबाट ती परीक्षाहरु स्थगित गरिएको हो ।
(ईमेजखबरबाट साभार)