लुुम्ले महायज्ञमा भक्तजन बढ्दै

श्रीभद्र पौडेल

अन्नपूर्ण(लुम्ले), १३ असोज ।

कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद् भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ ।

यज्ञमा आइतवारको तुलनामा सोमवार भक्तजनको बाक्लो उपस्थिती देखिन्थ्यो । हालसम्म करिव २ हजारले यज्ञमा सहभागिता जनाएको यज्ञका सहसंरक्षक समेत रहेका वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । यज्ञमा लुम्लेका साथै ढिकुरपोखरी, सल्यान तथा दाङसिङवासीले पनि सहभागिता जनाउन थालेका छन् ।

यज्ञ अन्र्तगत सोमवार सवैभन्दा धेरै लुम्लेका कृष्णबहादुर गुरुङको परिवारले रु.५० हजार पचास दान गरेको छ । त्यस्तै लुम्लेकै ओमप्रसाद देवकोटाबाट रु.२२ हजार दुई सय २५, नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइवहादुर गुरुङ र अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)बाट समान रु.१५ हजार १ सय लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

सोमवार यज्ञमा काँग्रेसका नेता शुक्रराज शर्मा तथा कास्की काँग्रेसका कार्यवहाक सभापति आइबहादुर गुरुङले सम्बोधन गरेका थिए । उनीहरुले पश्चिमी संस्कृतिको जगजगी रहेको वर्तमान अवस्थामा लुम्लेमा यज्ञको माध्यम मार्फत महत्वपूर्ण कार्य भएको भनाई राखे ।

यज्ञमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले कथा प्रवचन गरिरहेका छन् ।

यज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ ।