लाहाचोकमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
हेमजा, साउन २३ ।
सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे« गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थित महेन्द्र मा.बि मा लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापाले कार्यक्रम फलदायी हुनुपर्ने भन्दै अपराधको मुख्य कारण भनेको लागु औषध भएको बताए । साथी सगींको लहलहैमा लागेर लागु औषध दुव्र्यसनिमा फस्ने भनेको किशोर अवस्था भएकोले विद्यार्थी जिवनमा नै सचेत हुन समेत उनले आग्रह गरे ।
कार्यक्रमका विशेष अतिथि विद्यालयका प्राचार्य गोबिन्द अधिकारीले कार्यक्रम आयोजना गरेकोमा सेवा केन्द्रलाई धन्यवाद दिँदै विद्यार्थीलाई सचेत बनाउन अभिभावकको मुख्य भुमिका रहने बताए ।
प्रहरी नायब निरिक्षक विद्याधर त्रिपाठीले सहजिकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्यनरत ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक बसन्त बाँस्तोलाले गरेका थिए भने सञ्चालन महासचिब उत्तम जोसीले गरेका थिए ।