लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुँदै

शान्ता कमली
बेंशीशहर, माघ १२ ।
सोनाम ल्होसारको अवसरमा लमजुङमा बृहत तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले २८५४ औँसोनाम ल्होसारको अवसरमा माघ २७ गते बृहत सांस्कृतिक उत्सव आयोजना गर्न लागेको हो । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले शुक्रबार पत्रकार भेटघाट गरी सांस्कृतिक उत्सवबारे जानकारी गराएको हो । ‘भाषा धर्म संस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान’ भन्ने मूल नाराका साथ तामाङ सांस्कृतिक उत्सव आयोजना गरीन लागेको नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिती लमजुङका अध्यक्ष अजय तामाङले बताए । उनले भने उत्सवले जिल्लाभित्रका सबै तामाङ जातिलाई एकताको सूत्रमा बाँध्न उत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ । तामाङका अनुसार माघ २७ गते आयोजना हुने सांस्कृतिक उत्सवमा जातीय पहिचान झल्कने झाँकी, ¥यालीसहित राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रम गरिने भएको छ । बृहत सास्कृतिक उत्सवमा तामाङको पहिचान झल्कने म्हेन्दो मायाँ नाच, लामा नाच, बोम्वो नाच र तम्बो नाच हुने भएको छ ।
फागुन ४ मा घरपरिवारमा आशीर्वाद लिँदै ल्होसार मनाउने भएकाले माघ २७ गते सांस्कृतिक उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । उत्सव सफल पार्नका लागी ६१ सदस्यीय मुल आयोजक समिती समेत गठन गरीएको छ । उत्सवमा ४ लाख ५० हजार खर्च हुने र ५ लाख आम्दानी हुने आयोजकले अनुमान गरेको छ । यसअघि सरकारले माघ ४ गते सोनाम ल्होसार पर्ने भन्दै सार्वजनिक बिदा घोषणा गरेको थियो । तामाङ समुदायले भने आफ्नो मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाको दिन फागुन ४ गते भएको दाबी गरेको छ । पात्रोअनुसार माघ ४ मा सोनाम ल्होसार नपरेको भन्दै सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेका थिए ।