रुपामा तिहार र नेपाल सम्बतको शुभकामना

पोखरा, कार्तिक १ ।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ मा नेपाल सम्बत र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । फेवा नेवा साँस्कृतिक गुठि फेदि कास्कीले आयोजना गरेको कार्यक्रममा नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले नेपाल सम्बत नेपालीको आफ्नो चाड भएको बताए ।
नेपालीले अपनत्व गर्ने चाड नै नेपाल सम्बत भएकाले सबै नेपालीले यसलाई चाडको रुपमा मनाउनुपर्ने उनको भनाई छ । हरेक संस्कृतिको सुरक्षा र संरक्षण गर्न सकेमात्रै नेपालको पहिचान कायम हुने उनको धारणा छ ।
पालिखेले भाषा र संस्कृति आफैमा गहन बिषय भएको भन्दै त्यसको संरक्षण र प्रबद्र्धन मुख्य आवश्यक्ता रहेको औंल्याए । समाजसेबि हस्तकुमार श्रेष्ठले नेपाल सरकारले नै नेपाल सम्बत प्रयोग गरेर सभ्यता टिकाई राख्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेवाः पत्रकार पुचका महासचिव अनिशा श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।