रुखको हांगाले लागेर एकको मृत्यु

पोखरा, चैत ४ ।
रुखको हांगाले लागेर तनहुँ व्यास नगरपालिका १३ सुडेको पुल नजिकको जंगलमा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा रुखको हांगाले लागेर नवलपरासी बर्दघाट महलवारीका २६ बर्षिय माधव महतोको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा अनुसान्धान गरिरहेको जनाएको छ ।