राष्ट्रपति भण्डारी आउने भएपछि सार्वजनिक बिदा

 

बैतडी, फागुन १४ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

उनले भने, “राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।” राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छिन् ।

तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । (रासस)