राँगोले हानेर कास्कीमा १ जना घाईते, गोली हानेर राँगो मारियो

पोखरा, पुस २९ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ सैमराङमा राँगाले हान्दा वर्ष ४९ का स्थानीय भिमवहादुर काफ्ले घाईते भएका छन् । सोही स्थानका विष्णुप्रसाद काफ्लेले पालेको राँगाले विहान साढे ९ बजेतिर भिमवहादुरलाई सिँगले हानेको प्रहरीले जनाएको छ ।
राँगोलाई प्रहरीले नियन्त्रमा लिएर १ राउण्ड गोली हानि मारिएको छ । घाईते काफ्लेको गण्डकी मेडिकल कलेजमा उपचार भएको छ ।