रमेश खरेलको नेतृत्वमा सुशासन अभियान घोषणा

 

काठमाडौं, फागुन २९ ।

‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं’ भन्ने अवधारणा अघि सार्दै एउटा अभियान सुरु गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको नेतृत्वमा देशमा व्याप्त भ्रष्टाचार र कुरीतिविरुद्ध अभियान चलाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो ।

अभियानको केन्द्रीय तदर्थ कार्यकारी परिषद्मा नेपाल सरकारका पूर्ववरिष्ठ प्रशासक तथा कानुनविद्हरुसमेत सहभागी छन् ।

यो अभियान राजनीतिक नभइ पूर्णरुपमा समाजिक अभियान हुने बताइएको छ ।

नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका पूर्वडीआइजी खरेलले दुई वर्षअघि राजीनामा दिएका थिए ।
(ईमेजखबरबाट साभार)