युवा संघ केन्द्रीय कमिटीलाई पूर्णता

 

काठमाडौं, असोज १८ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

साबिकको युवा संघ र वाइसीएल नेपालबाट सहमति र भागबन्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो ।

संगठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना गरिएको छ ।

यसैगरी, कात्तिक २० र २१ गते संघले राष्ट्रिय भेलाको आयोजना गरेको छ । (रासस)