युवा शक्ति पार्टीका खम्बा–पूर्वमन्त्री थकाली

मुस्ताङ, जेठ ७ ।
पूर्व वाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता रोमी गौचन थकालीले सम्पूर्ण लोकतन्त्रवादी युवाहरुलाई संगठित भएर पार्टी निर्माणको काममा अगाडि बढ्न आग्रह गरेका छन् । शनिवार मुस्ताङमा भएको तरुण दलको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिहरु एक भएका बेला लोकतन्त्रवादी युवाहरुको भूमिका अझै बढेको बताए ।

कम्युनिष्ट एक भएर नआत्तिन आग्रह गर्दै उनले आन्तरिक समस्या समाधान गरेर देशैभर काँग्रेसको लहर बनाउनुपर्ने उनको भनाई छ । “ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएका बेला लोकतन्त्रवादी युवा, विद्यार्थी लगायत सम्पूर्ण जनसमुदाय नै चनाखो भएर बस्नुपर्छ, उनले भने–हामी अव खबरदारी गर्ने र भण्डाफोर गर्ने हो । रचनात्मक काममा समर्थन र गलत काममा विरोध गर्नु काँग्रेसको दायित्व हो ।”

तरुण दल मुस्ताङका अध्यक्ष कर्म ध्याचो गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मुस्ताङ जिल्लाका तरुण युवाहरु सहभागी भएका थिए । तरुण दलको अभियान शान्ति, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ भएको कार्यक्रममा मुस्ताङका उल्लेख्य युवाहरुको सहभागी रहेको थियो ।