म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

पोखरा, असार ९ ।
म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण गाउँपालिका ३ फुर्के रुख खर्कमा चट्याङ लागेर भेडा मरेका हुन् ।

अन्नपूर्ण ३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । अन्नपूर्ण ४ का वडासदस्य श्याम पुर्जाका अनुसार ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।