मोदी काँग्रेसले सम्झियो शहीदलाई

पोखरा, माघ १६ ।
पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा शहीद दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापना गर्नका लागि जीवन आहुती दिने शहीदहरुको सम्झनामा काँग्रेस गाउँ ईकाईले अन्र्तक्रिया गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिएपनि सपना साकार भैनसकेको उल्लेख गरिन् । उनले देशको शान्ती सुरक्षा र हक अधिकार स्थापित गर्नका लागि शहीदहरुले आहुती दिएका भन्दै त्यसको पक्षमा लाग्न सबैलाई आग्रह गरिन् । ‘हामीले शहीदको बाटो विराएका छैनौं । तर गन्तब्यमा पुग्न पनि सकिरहेका छैनौं, उनी भन्छिन्–देशमा राजनीतिक स्थायित्व र जनताको अमनचयन कायम भयो भने शहीदको सपना पूरा हुनेछ । अब देशका लागि बलिदान होईन योगदान दिने वातावरण बनाउनुपर्छ ।’
नेतृ लक्ष्मी गुरुङ, काँग्रेस नेता कृष्णकुमार गुरुङ, उपेन्द्र पौडेल क्या. रामबहादुर गुरुङ लगायतले शहीदको सम्मानले मात्रै राष्ट्रको बास्तविक पहिचान स्थापित हुने बताए । उनीहरुले सरकारी तवरबाट शहीद परिवारको सम्बोधन हुन नसकेको गुनासो गरे । शहीद परिवारका पीडालाई सरकारले सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ । मोदी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गौप्रसाद गुरुङले राजनीतिक संक्रमण सकिएको भन्दै अवका राजनीतिक दल विकास केन्द्रित हुनुपर्ने बताए । उनले देशको सार्वभौमसत्ता र अस्थित्व जोगाईराख्न राजनीतिक एकताको खाँचो रहेको औंल्याए ।
काँग्रेस मोदी १ गाउँ ईकाई सभापति जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रियाशिल सदस्य तेजप्रसाद शर्माले गरेका थिए भने सचिव भीमबहादुर मल्लले स्वागत गरेका थिए । नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए । सोही दिनलाई स्मरण गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिएको हो ।