महिला संघकी पोखरा नगरसभापति बराललाई पित्रृशोक

पोखरा, साउन २७ ।
पोखरा महानगरपालिकाकी महिला संघ सभापति माया बराललाई पित्रृशोक परेको छ । उनका ८५ बर्षिय बुबा प्रजातन्त्र सेनानी टेकबहादुर कार्कीको शुक्रबार निधन भएको हो ।
कार्कीको शनिबार दाहसंस्कार गरिएको छ । भलाम स्थित सेती घाटमा नेपाल प्रहरीले अन्तिम सलामी दिएको थियो । कार्कीको शवमा नेपाली काँग्रेसका सांसदहरु विन्दुकुमार थापा, कुमार खड्का, तरुण दल अध्यक्ष मनोज गुरुङ, काँग्रेस पोखरा नगरसभापति बजिरमान श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति माधब प्रसाद बास्तोला, काँग्रेस नेतृ सरस्वति गुरुङ लगायतले काँग्रेसको झण्डा ओढाएका थिए ।