महिला मृत फेला !

पोखरा, असोज १५ ।
तनहूँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा एक महिलाको शव भेटिएको छ । परिचय नखुलेको शव भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अन्दाजी ६० बर्षकी महिलाको शव अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।