महिला उद्यमी शोभाको पोखरा उद्योग बाणिज्य संघमा दावेदारी

पोखरा, भदौ ३ ।
महिला उद्यमी शोभा गौतम आसन्न पोखरा उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य पदको उम्मेदवार वन्ने भएकी छन् ।
असोज ५ र ६ गते हुने संघको ३२ औँ महाधिवेशनमा आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएसँगै गौतमले आफुलाई सदस्य पदको उम्मेदवारको रुपमा घोषणा गरेकी हुन् ।
उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम सुप्रिम सप्लायर्स प्रालिका प्रोपाइटर ,पुस्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका अध्यक्ष ,एप्पल इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक, सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेकी छन् ।