मकवानपुरमा ट्रिपर दुर्घटना,चालक सहित दुई म्यादी प्रहरीको मृत्यु

२२ मंसिर, हेटौडा /मकवानपुरको भिमफेदी गाउपालिका २ चुनियामा ट्रिपर दुर्घटना हुदां २ म्यादी प्रहरीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा एक जना पुरुष र दुई जना महिला रहेको छन् । घाईते हुनेमा एक महिला रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चालक थाहा नगरपालिका बज्रबाराहीका शेरबहादुर गोपाली, भीमफेदी गाउँपालिका ९ का सपना बर्तौला र हेटौँडा १० का लक्ष्मी स्थापित रहेका छन् । घाइते म्यादी प्रहरी हेटौँडा १४ का विना मुक्तानको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । बिहिबार सम्पन्न निर्वाचनमा खटिएका म्यादी प्रहरी थाहानगरपालिकाको पालुङबाट फर्कैदै गर्दा आज बिहान ११ बजेर ५० मिनेटमा चुनियामा आईपुग्दा ना ३ ख ५९१८ नम्बरको ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको थियो । ट्रिपर सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।