भोट माग्दै घरघरमा कोइराला

पोखरा, कार्तिक २८ ।
पोखरा लेखनाथ ३२ को तल्लो गगनगौंडामा वामगठबन्धनका क्षेत्र नं.१ प्रदेश (क) का उम्मेदवार दीपक कोइरालासहितको टोलीले घरदैलो गरेको छ । उक्त टोलीले त्यस क्षेत्रका कालिका नगर, मजुवा, लामेआहाल, राधाकृष्ण मन्दिर लगायतका क्षेत्रमा मतदातालाई भेटी मत मागेका थियो ।
स्थिर सरकारको स्थापना गरी देश र जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित निस्किएको टोलीले बाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।
मादी ११ मा गठबन्धनको भेला
मादी गाउँपालिका वडा नं ११ मा वाम गठवन्धनको भेला भएको छ । कार्यक्रममा नेकपा एमालेका नेता प्रकाश सिग्देल, माओवादी केन्द्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ख का उपसंयोजक मित्रबहादुर गुरूङ, युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा, सिंहमान तामाङ, नन्द श्री गुरूङ, कृष्ण लामिछाने लगायतले बोलेका थिए । रनबहादुर लामा संयोजक र रामवहादुर बस्याल सहसंयोजक रहेको ११ सदस्यीय वाम कार्यदल गठन भएको छ भने जीवन परियार संयोजक रहेको ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको छ । जोन गुरूङ संयोजक रहेको युवा परिचालन कमिटी गठन भएको छ ।