भीरबाट लडेर १ जनाको मृत्यु !

दैलेख, पुस २७ ।
दैलेखको आठबीस नगरपालिका–९ को छैपाडीमा दाउरा ल्याउन गएका १ युवकको भीरबाट खसेर मृत्यु भएको छ । सोमवार राताभीरमा दाउरा लिन भनेर गएका २४ वर्षका रने सिजापतिको निधन भएको हो ।

उनी सोमवार राती भीरबाट खसेको भएपनि बिहीवार मात्रै उनको शव फेला परेको थियो । उनको बिहीवार अन्त्येष्टि गरिएको छ ।