भीरबाट लडेर बृद्धको मृत्यु

पोखरा, असोज १८ ।
बागलुङको जैमिनी नगरपालिका ८ भेडीखाल्टामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षका भुमिश्वर शर्माको घर नजिकै भीरबाट लडेर मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कामको शिलशिलामा जाँदा झुक्किएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।