भात खाएर सुतेका मिस्त्री मृत फेला

पोखरा, असोज १२ ।
गोखराको सिरानचोक–८मा एकजना मृत फेला परेका छन् । जाईकाले निर्माण गर्दै गरेको परोपकार आदर्श माध्यामिक विद्यालयको भवनमा मिस्त्री काम गर्ने सप्तरीको अग्नी साहिर कृष्ण सवोरन गाँउपालिका–३ बस्ने ४१ बर्षिय राज कुमार राम मृत भेटिएका हुन् ।

बेलुका भात खाएर सुतेका उनी विहान मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।