बोलेरो ट्रकमा ठोकिँदा एकजनाको मृत्यु

पोखरा, असोज १ ।
नवलपरासी सुस्ता पुर्वमा रहेको मध्यविन्दु नगरपालिकामा ट्रकसँग बोलेरो जीप ठोकिँदा एकजनाको मृत्यु भएको छ । राजमार्गमा बिग्रिएर रोकी राखेको ग १ ख ६७२८ नम्बरको ट्रकमा पश्चिमबाट पुर्व तर्फ गुडिरहेको लु १ च ५४६५ नम्बरको बोलेरो जीप ठोकिँदा बोलेरोमा सवार विनयीत्रिवेणी गाउँपालिका ४ की १७ बर्षिय मधु आलेको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते उनको मध्यबिन्दु सामुदायीक अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।