बिश्वकर्मा कल्याण गुठी समाज गठन, अध्यक्षमा लामगादे

पोखरा, चैत ३ ।
पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्मा हरुको बृहत भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भीम बहादुर सेन्चुरी र भूबन लोहनी, महासचिवमा दीपक घिमिरे, सचिव राजकुमार घिमिरे, सह–सचिवमा बिष्णुदेबी गौतम, कोषाध्यक्षमा रामबहादुर बराइली, सह–कोषाध्यक्षमा रुपलाल सुनार छन् ।

सदस्यहरुमा राजेन्द्र गदाल, राजेन्द्र सुनार, रचना सुनार, दीपक गहतराज, सुरेन्द्र सुनार, श्याम खाती, गीता सुनार, सम्झना सुनार, लोकेश सेन्चुरी, राजेश खड्का, काशिराम सेन्चुरी, गोबिन्द सुनार, चन्द्रबहादुर बिश्वकर्मा छन् ।

भेलाले रुद्र बहादुर सुनार, महलाल घिमिरे, नैनालाल सदाशंकरलाई संरक्षक चयन गर्नुका साथै २१ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ ।