बाढीले पर्खाल बगाएपछि बस्ती जोखिममा
म्याग्दी, साउन २५ ।
म्याग्दीको बेनी नगरपालिकाको बगरफाँट जोगाउन लगाइएको ग्याबिन पर्खाल बाढीले भत्काएपछि उक्त फाँट पुनः जोखिममा परेको छ ।
केही दिनअघि म्याग्दी नदीमा आएको बाढीले सो क्षेत्रको १ सयभन्दा बढी ग्याबिन जाली बगाएपछि पुनः पर्खाल लगाउने काम सुरु गरिएको थियो ।
रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटवन्ध गर्ने योजना छ ।
जसअनुसार रातोढुङ्गादेखि झोलुङ्गे पुलसम्म ४ सय ७० थान ग्याविन जाली भरेर पर्खाल लगाइएको थियो ।
बाढीले १ सय थान भन्दा बढी जाली बाढीले बगाएको छ । करिब २ सय परिवारको बसोबास रहेको सो फाँट वर्षायाममा सधै जोखिममा रहने गरेको छ ।
(ईमेजखबरबाट साभार)