बस र मोटरसाईकल ठोकिँदा दुई घाईते

पोखरा, कार्तिक ९ ।
तनहूँको एक्लेफाँटमा बस र मोटरसाईकल ठोकिँदा दुईजना घाईते भएका छन् । बा ३ ख २२१६ नम्बरको बस र बा ३८ प ९१२० नम्बरको मोटरसाईकल ठोकिँदा मोटरसाईकल चालक गोरखा पालुङटारका २० बर्षिय उत्तम परियार र मोटरसाईकल पछि सवार ५० बर्षिया बुद्धी परियार घाईते भएका हुन् ।

उनिहरुको उपचारका लागि भतरपुर पठाएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।