बसको ठक्करले बालकको मृत्यु

पोखरा, असोज १८ ।
तनहूँको भानु नगरपालिका २ बाह्रविसेमा बसको ठक्करले १ बालकको मृत्यु भएको छ । नारायणगढबाट बेशिसहरका लागि गैरहेको ना ३ ख ४५३४ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्थानीय १० बर्षका मिरकुमार पोख्रेलको मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।