बसको ठक्करबाट युवकको मृत्यु

 

दमौली, असोज ४ ।

पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको आँबुखैरेनीमा शनिबार बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा, सहिद लखन गाउँपालिका–२ घर भइ आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नम्बरको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३, बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिए ।

उनकाअनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)