बजार अनुगमनका क्रममा बागलुङमा ठूलो परिमाणमा म्याद नाघेका सामग्री भेटिए
बागलुङ, साउन २७ ।
बागलुङ नगर अनुगमन समितिले बागलुङ बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा बजारमा रहेका अधिकांश पसलहरुमा ठुलो परिमाणमा म्याद नाघेका सामग्री भेटिएका छन् । बागलुङ बजारको पुरानो बसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो ।
म्याद नाघेका सामाग्रीहरुमा चक्लेट, भुजिया, कुरकुरे, पेय पदार्थ, तेल, खाद्यान्नलगायतका छन् । त्यस्ता सामाग्रीलाई अनुगमन समितिले जफत गरेको छ भने व्यापारीहरुलाई चेतावनी दिएर छाडिएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनको क्रममा मूल्यसूचि राख्न समेत समितिले निर्देशन दिएको छ । जफत गरिएको समान मालुढुंगास्थित डम्पिङसाइट नजिकै लगेर नष्ट गरिएको छ ।
(ईमेजखबरबाट साभार)