प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे दाहालले लिए जानकारी

 

काठमाडौं, चैत १ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी दाहालले पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

सोक्रममा दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा ओलीलाई बधाइ दिए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।

यस्तै, उनले समसामयिक राजनीतिक गतिविधिकाबारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएको दाहालको सचिवालयले जनाएको छ ।
(ईमेजखबरबाट साभार)