प्रदेश २ को सरकार फेरिन सक्छ :अध्यक्ष दाहाल

 

जनकपुर, फागुन ११ ।

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को सरकार परिवर्तन हुने संकेत गरेका छन् ।

मिथिला मध्यमिकी परिक्रमाको डोला उठाउने कार्यक्रमको अवसरमा आइतबार धनुषा पुगेका अध्यक्ष दाहालले संचारकर्मीसँग कुराकानी गर्दै राजपा नेपालसंगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश २ सरकार फेरिने बताएका हुन ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले अमेरिकी सहयोग नियोग एमसीसी संशोधन र परिमार्जनबिना अनुमोदन हुन नसक्ने स्पष्ट पारे ।

नेकपा कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै उहाँले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन हुनसक्ने बताए ।

अध्यक्ष दाहालले मिथिला परिक्रमाका लागि तयार पारिएको भगवान रामको डोलालाई काँधमा बोकेर मिथिलाबिहारी नगरपालिकाकास्थित मिथिलाबिहारी मन्दिरबाट केही दुरीसम्म डोलालाई बोकेका थिए ।

मिथिला मध्यमिकी परिक्रमा नेपाल–भारतका तीर्थालुहरुलाई महाकुम्भ भएको भन्दै अध्यक्ष दाहालले दुबै देशको धार्मिक,संस्कृति आदान प्रदानामा ठूलो योगदान र्पुयाइरहेको बताए ।

हरेक बर्ष मिथिलाञ्चल क्षेत्रमा मिथिलाबिहारी मन्दिरबाट भगवान राम र रत्नसागर मन्दिरबाट सीताको डोला उठाएर १५ दिन मिथिला परिक्रमा गर्ने प्रचलन छ ।

मिथिला मध्यमिकी परिक्रमाअन्तर्गत नेपाल र भारतका धार्मिक स्थलहरुको दर्शन गर्दै १ सय २० किलोमिटर दूरीको यात्रा गर्ने गरिन्छ ।
(ईमेजखबरबाट साभार)