पोखरा ८ मा नेविसंघ गठन

पोखरा, साउन २१ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा काँग्रेसको भ्रातृ संगठन नेविसंघ गठन भएको छ । विद्यार्थी नेता प्रविन अर्यालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।

सोमबार काँग्रेस वडा इकाइ सभापति सुवास सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ पूर्व केन्द्रिय सदस्य तथा मादी गाउँपालिका सार्वजनिक लेखा समितिका संयोजक सरोज केसी, नेविसंघ केन्द्रिय सदस्य पुनम भट्ट, काँग्रेस नेता मिलन तिवारी, तरुण नेता रेशम सुनार, विद्यार्थी नेताहरु मिरज ढकाल, निराकाल सिग्देल, अभिषेक गिरी, काँग्रेस नेतृहरु मिना ढकाल, गीता पौडेल लगायतले बोलेका थिए ।

अर्यालले समिति विस्तार गर्नेछन् । विपी जयन्तीभित्रै समितिलाई पूर्णता दिईसक्ने नवनिर्वाचित सभापति अर्यालले बताए ।