पोखरा १३ मा कांग्रेसको घरदैलो, प्यानल लिएर निस्किए बराल

पोखरा, बैशाख १३
पोखरा वडा नम्बर १३ मा नेपाली कांग्रेसको घरदैलो सुरु भएको छ । वडाध्यक्षको उम्मेद्वार किरण बराल सहितले मंगलबारदेखि घरदैलो सुरु गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिम सक्रिय बराल अहिले कांग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका हुन् ।

२०७४ को चुनावमा निकै फराकीलो मतान्तरले पराजीत भएको कांग्रेसलाई जिताउने गरी आफु लागेको बरालले बताए । ‘ हिजो सबैभन्दा धेरै मतान्तरले हारेको वडा हो यो । अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं,’ उनले भने, ‘कांग्रेस निर्वाचित भएपछि यहाँको विकास र नागरिकको सेवामा कुनै कसर बाँकी राख्दैनौं ।’

बराल आफ्नो प्यानल सहित घरदेलोमा निस्किएका छन् । उनले आफुलाई भोट दिए वडाको विकास गर्ने बचन दिएका छन् । ‘हाम्रो वडा अझै गाउँजस्तो छ । यसलाई महेन्द्रपुल र चिप्लेढुंगाजस्तो बनाउनुपर्ने छ । त्यहाँको विकास हाम्रो गाउँसम्म ल्याउनुपर्ने छ,’ उनले अघि भने, ‘भुगोल ठूलो भएकोले सेवा प्रवाहमा गाह्रो हुन्छ । त्यसैले वडाले नै घुम्ती सेवा सुरु गर्छ । नागरिकलाई घरघरमै पुगेर सेवा दिन म उम्मेद्वार बनेको हुँ ।’