पोखरा रानीपौवामा स्कुटरबाट ‘४५ हजार’ कसको खस्यो ? पार्वतासँग सुरक्षित

पोखरा, भदौ २९ ।
सडकमा भेटिएको सामान फेला पार्ने मानिसले सितिमिति अरुलाई दिन खोज्दैनन् । आँखैले देखेपनि यो मेरै हो भन्न समेत भ्याउँछन् । झन् पैसाको त के कुरा, पैसो पाएपछि मानिसले थुकले टिप्ने गर्छन् । यसो देख्दा र वुझ्दा लाग्छ यो जमाना उल्टै लुटेर हिड्ने जमाना हो । तर सवै यस्तो हुँदा रहेनछन् भन्ने कुरा पोखराकी एक शिक्षिकाले उदाहरण प्रस्तुत गरेकी छन् ।

पोखराको नयाँवजार स्थित नवप्रभात माविकी शिक्षिका पार्वता वाग्लले निष्ठा र इमानीको उदाहरण प्रस्तुत गरेकी हुन् । पार्वताले पोखराको सडकमा फेला पारेको रकम सुरक्षीत राखेकी छन् । पोखरा ११ फूलवारी निवासी पार्वता वाग्ले मंगलवार महेन्द्रपुल तिर आउँदै थिइन् । अगाडि स्कूटर हिँडिरहेको थियो । एक्कासी स्कूटरवाट हजार र पाँच सयका नोटहरु सडकमा बर्सिए ।

यसरी सडकमा झरेका नोटमा धेरैले आँखा लगाए । तर पार्वताले सरासर ती पैसा टिपेर आफ्नो साथमा राखेको वताईन् । पोखराको रानीपौवा स्थित अशोक व्रर्दश अगाडि मंगलवार ४५ हजार ५ सय ५० रुपैयाँ सडकमा उनले फेला पारेकी हुन् । रानीपौवावाट महेन्द्रपुल तर्फ आउँदै गरेको स्कूटरबाट हजार र ५ सयका नोट सडकमा खसेको देखेपछि उनले त्यो रकम सडकवाट टिपेर आफू सामु राखेकी हुन् ।

उनी सँगै रहेकी निर्मला गुरुङले पनि सडकमा खसेको पैसा वटुलेर उनलाई सहयोग गरेको उनले जानकारी दिएकी छन् । चाडवाडको वेला स्कूटरवाट पैसा खसेको देखियो स्कूटरको नम्वर टिप्न पनि भ्याइन उनले भनिन् । ‘मान्छेलाई पैसा हरायो भन्ने चिन्ता होला, आएदेखि यो पैसा दिने थिएँ ।’ पार्वताले भनिन् ।