पोखरा नयाँबजारमा एक पुरुष मृत फेला !

पोखरा, असोज १२ ।
पोखराको नयाँबजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका छन् । अन्दाजी ४० बर्षका चन्द लामो समयदेखि नयाँबजारमा फोटोकपी मेसिन चलाउदै आएका थिए ।

चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । उनको श्रीमति, एक छोरा र एक छोरी छन् । घटनास्थलमा प्रहरी जाँदैछ । यतिबेला घटनास्थलमा स्थानीयको भीड छ ।