पोखराको लेकसाईडमा होटलका कर्मचारी मृत भेटिए

पोखरा, कार्तिक १५ ।
पोखरामा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् । भक्तपुर घर भई पोखरा महानगरपलिका – १७ ड्यामसाईडमा प्रताप गुरुङको घरमा डेरा गरी बस्दै आएका अन्दाजी ३५ वर्षीय अशोक अधिकारी मृत भेटिएका हुन् ।

उनी डेरा अगाडी नै मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार उनी एक वर्ष अघिदेखि पोखराको होटल ग्राण्डमा काम गर्दै आएको खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।