पोखराको फुर्सेखोलामा पौडी खेल्दा वेपत्ता भएका संजिव मृत भेटिए

पोखरा, जेठ २८ ।
पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका एक युवाको शव आज भेटिएको छ । काठमाण्डौ घर भई हाल पोखराको चिप्लेढुंगा बस्दै आएका १९ बर्षीय संजिव तामाङको आज शव भेटिएको हो ।

पौडी खेल्ने क्रममा पोखरा १७ दोविल्लास्थित फुर्सेखोलामा हराएका उनको पोखरा ३१ सितापाइला नजिकैको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी वेपत्ता भएको खबर पाएपछि प्रहरीसहितको अन्य सुरक्षाकर्मी र स्थानियले खोजी सुरु गरेका थिए ।